ग्लोबल आइएमई बैंकको नयाँ शाखा सिन्धुलीको माडी बजारमा विस्तार, १ सय ३७ स्थानमा पुग्यो शाखा सञ्जाल !

 global ime bank
  • बैंकिङ संसार 
काठमाडौँ  - ग्लोबल आइएमई बैंकले सोमबार प्रदेश नं. ३ को सिन्धुली जिल्ला, कमलामाई नगरपालिका वडा नं.६ माडी बजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । सिन्धुली शाखा कार्यालय थप भएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १३७ पुगेको छ ।

सिन्धुली जिल्ला र त्यस क्षेत्रका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ तरिकाले सबै प्रकारका बैंकिङ्ग सेवाहरु प्रदान बैंकले जनाएको छ ।

बैंकले १३७ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, १०वटा एक्सटेन्सन काउण्टर तथा १३१ शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालय मार्फत १० लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्