एसियन लाइफ इन्स्योरेन्स र लक्ष्मी बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट बीमा योजना खरिद गर्न सकिने !

 Laxmi Bank
  • बैंकिङ संसार 
काठमाडौं - एसियन लाइफ इन्स्योरेन्स कम्पनी र लक्ष्मी बैंकबीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात् लक्ष्मी बैंकका १०१ वटा शाखाबाट एसियन लाइफले प्रचलनमा ल्याएको जीवन बीमा योजना खरिद गर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस्