नेपाल राष्ट्र बैंकको पक्षपाती व्यवहार : अरुलाई ऐन, एनआइसी एशिया र ग्लोबल आइएमइ बैंकलाई चैन ?

  • बैंकिङ संसार 
काठमाडौँ । कुनै पनि बैंक तथा वित्तीय संस्थामा ३ महिनासम्म सीइओ पद रिक्त राख्न नपाइने व्यवस्था छ । नेपाल राष्ट्र बैंकले यसरी ३ महिनाभन्दा बढी सीइओको पद रिक्त राख्नेलाई कारवाहीको चेतावनीसमेत दिने गरेको छ । तर यस्तो कानुन नेपाल राष्ट्र बैंकमा खासै पहुँच नपुगेकाहरुका लागि मात्र हो भन्ने देखिएको छ । किनकि एउटै प्रकरणमा कुनै बैंकलाई काखी च्याप्ने र कुनै बैंकलाई पेल्ने नीति राष्ट्र बैंकले लिएको हो कि भन्ने आशंका हुन थालेको छ ।

प्रतिनिधि केहि घटना !
कुमारी बैंकले कुनै बेला लामो समय सीइओ पाएन । तर नेपाल राष्ट्र बैंकले उसलाई केहि गर्न सकेन । तर त्यहि कुरा नबिल बैंकमा हुँदा नेपाल राष्ट्र बैंकले ताकेता नै गर्यो । सिटिजन्स बैंकमै पनि केहि समय अगाडी सीइओको पद रिक्त नराख्न राष्ट्र बैंकले ताकेता गर्यो । समय थप गरी पाउँ भनी निवेदन दिंदा पनि राष्ट्र बैंकले मानेन । तर एनआइसी एशियाको हकमा भने नेपाल राष्ट्र बैंकले यहि कुरालाई खासै ठुलो इस्यू बनाएन । लक्ष्मण रिसालले छोडेपछि बैंक लामो समय कामु सीइओ रोशन न्यौपानेले चलाए । यहि बेला नै एनआइसी एशिया बैंकले नेपाल राष्ट्र बैंकमा ठुलै सेटिङ गरेको चर्चा चलेको थियो । हुन पनि एनआइसी एशियामा ९ महिनासम्म नयाँ सीइओ नियुक्त नहुँदा पनि नेपाल राष्ट्र बैंक चुँइक्क पनि बोलेन । अहिले ग्लोबल आइएमइ बैंकको हकमा पनि नेपाल राष्ट्र बैंक चुप लागेको छ ।

ग्लोबलले पाएन सीइओ
ग्लोबल आइएमइ बैंकमा जनक शर्मा पौडेलले राजीनामा दिएको ३ महिना बढी भइसकेको छ । तर बैंकमा नयाँ सीइओ नियुक्त भएका छैनन् । ३ महिनासम्म पनि महेश ढकालले नै बैंक चलाईरहेका छन् । नयाँ सीइओ नहुँदा बैंकमा थुप्रै काम लथालिङ्ग भइरहेको छ । तर ग्लोबल आइएमइ बैंकमा नयाँ सीइओ नियुक्त नहुँदा पनि नेपाल राष्ट्र बैंक बोलेको छैन । यसरी कसैलाई ऐन कसैलाई चैन गर्नु ठिक भयो र ? जनता जान्न चाहान्छन् !

प्रतिकृया दिनुहोस्