ओम डेभलपमेन्ट बैक र एनक्लाउड प्रा.लि.बीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदा

 Om Development Bank
काठमाडौं - ओम डेभलपमेन्ट बैंक र एनक्लाउड प्रा.लि.बीच एक सम्झौता भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी तथा एनक्लाउडका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र नारायण श्रेष्ठले स्थानीय शृङगा यातायात र पोखरा बस व्यबसायी समितिका अधिकारीहरुको उपस्थितिमा हस्ताक्षर गरेका हुन् ।

समझदारीपछि स्मार्ट सिटीको अवधारणा अन्तर्गत पोखरा महानगरपालिकाले आगामी २०७६ बैशाख देखी महानगरपालिका भित्र सञ्चालन हुने सार्वजनिक यातायातका साधनहरुमा लागु गर्न गइरहेको इ– टिकेटिङ सिस्टमको लागी आवश्यक हुने यात्रा स्मार्ट कार्ड जारी, वितरण तथा सार्वजनिक सवारीको दैनिक रुपमा हुने आम्दानीको सेटलमेन्टको काम ओम डेभलपमेन्ट बैंक मार्फत हुनेछ ।

साथै बैंकले प्रथम चरणमा पोखरा महानगरपालिका भित्र चल्ने करीब ८ सय सवारी साधनमा टर्मिनल जडान गर्ने र ४ वर्ष भित्रमा ३ लाख स्मार्ट यात्रा कार्ड वितरण गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्