सनराइज बैंक लिमिटेडको ४ लाख इकाई ऋणपत्र भर्ने सोमबार अन्तिम दिन, ५ वर्ष अवधि, ब्याजदर हुनेछ १० प्रतिशत

 Sunrise Bank
  • बैंकिङ संसार  
काठमाडौं - सनराइज बैंकको ४ लाख युनिट ऋणपत्रमा आवेदन दिने सोमबार अर्थात चैत २५ गते अन्तिम दिन रहेको छ । कुल १० लाख इकाई ऋणपत्रमध्ये बैंकले ४ लाख इकाईमा सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्नेछ । बैंकले सामूहिक लगानी कोषलाई छुट्याएको २० हजार इकाईसमेत थप गरी सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य कम्पनीहरुलाई बिक्री गर्नेछ । उक्त ऋण पत्रमा चैत २५ गतेसम्म आवेदन दिन पाउने छ ।

बैंकले बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई तोकिएको छ । सनराइज बैंकले ‘१०% सनराइज डिबेन्चर (ऋणपत्र) २०८०’ जारी गर्न लागेको हो । वार्षिक १० प्रतिशत ब्याज पाइने यो ऋणपत्र ५ वर्षपछि परिपक्क हुनेछ । लगानीकर्ताले प्रतिइकाई १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि अधिकतम ४ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यो ऋणपत्रमा चैत २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा वैशाख १९ गतेसम्म आवेदन दिन सकिनेछ । 

यो ऋणपत्र बिक्रीबाट आएको रकम ८० प्रतिशत कर्जा लगानी र २० प्रतिशत संरचना तथा व्यवसाय विस्तारका लागि उपयोग गर्नेछ । लगानीकर्ताले सनराइज बैंकको सबै शाखा र सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।

प्रतिकृया दिनुहोस्