भार्गव विकास बैंकको ६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, चैत्र ३० मा एजिएम

 Bhargav Bikash Bank
काठमाडौं - भार्गव विकास बैंक लिमिटेडले चैत ६ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार आज अन्तिम दिन हो । यसर्थ, लाभांश सुरक्षित गर्न मंगलबार सहित अब जम्मा ३ दिन मात्र समय बाँकी छ । बैंकले साधारण सभा गर्नका लागि चैत २२ गते बुक क्लोज गर्ने भएको छ । चैत २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र नगद लाभांश पाउने छन् । 

भार्गवले लाभांश लगायतका महत्वपूर्ण प्रस्ताव पारित गर्न चैत ३० गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा भियु होटल सिद्धार्थ, कारकाँदो नेपालगञ्जमा बिहान १० बजे हुनेछ । 

सभामा बैंकले चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश पारित गर्ने मुख्य एजेन्डा बनाएको छ । आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित, नाफा–नोक्सान हिसाबका सम्बन्धमा छलफल हुनेछ । यसैगरी, लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक तोक्ने लागायत प्रस्ताव पेश हुनेछ । उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने एजेन्डा पनि रहेको छ ।

प्रतिकृया दिनुहोस्