गरिमा विकास बैंकको नाफा ५०.५१ प्रतिशतले बढ्यो, अन्य महत्वपूर्ण सूचकमा यसरी हुँदैछ सुधार !

 garima bikash bank
  • बैंकिङ संसार
काठमाडौं - गरिमा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ५०.५१ प्रतिशतले वृद्धि गरी ४२ करोड ३७ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले गत वर्ष २८ करोड १५ लाख ६४ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन थियो । 

यस्तै खुद ब्याज आम्दानी ४१.६२ प्रतिशतले वृद्धि गरी ९९ करोड ९ लाख ८ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा पनि ५१.८४ प्रतिशतले बढाएर ६६ करोड ३४ लाख ३१ हजार रुपैयाँ पुर्याएको छ । 
हालसम्म बैंकले ३० अर्ब ३५ करोड ६४ लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १५ करोड ७५ लाख ९ हजार रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । 

बैंकको चुक्ता पुँजी २ अर्ब ७८ करोड ८३ लाख ६८ हजार रुपैयाँ छ भने रिजर्भ कोषमा ३९.५७ प्रतिशतले बढाएर ७९ करोड ६८ लाख ८९ हजार रुपैयाँ जम्मा गरेको छ । 

बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ५८ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्