कुमारी बैंक इन्फोसिस फिनाकलबाट सम्मानित

 Kumari Bank
  • बैंकिङ संसार
काठमाडौँ - भारतको मैसुरमा सम्पन्न Infosys Finacle Client Innovation Award 2019 मा कुमारी बैंक लिमिटेड पुरस्कृत भएको छ । यसरी Infosys Finacle बाट सम्मानित हुनेमा अहिले सम्म कुमारी बैंक पहिलो नेपाली बैंक हो ।

आफ्नो कोर बैंकिङ्ग सफ्टवेयर जम्मा ४.५ महिनाको छोटो अवधिमा फिनाकल भर्सन १० मा माइग्रेशन प्रक्रिया सम्पन्न गरेकोमा कुमारी बैंक उक्त अवार्डले सम्मानित भएको हो । प्राविधिक रुपान्तरण, सही प्रयोग तथा श्रृजनशीलता जस्ता बुंदाहरुलाई आधार मानेर उक्त अवार्ड दिने गरिन्छ ।

Infosys Finacle को उक्त समारोहको यस संस्करणमा “Accelerated Transformation” विधामा कुमारी बैंक विजेता भएको हो । सोही विधामा अरु बैंकमध्ये पन्जाब नेशनल बैंक विजेता तथा ICICI Bank, Andhra Bank र Emirates NDB (UAE) उपविजेता भएका छन् ।

अन्र्तराष्ट्रिय मञ्चमा नवीन बैंकिङ्ग प्रविधिमा प्रतिष्ठित मानिने उक्त अवार्डले सम्मानित भए पश्चात् आगामी दिनमा अझ आधुनिक एवं प्रभावकारी बैंकिङ्ग सेवाहरु प्रदान गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्