सामाजिक उत्तरादायित्वअन्तर्गत कैलाश विकास बैंकद्वारा पोखरामा डस्टबिन वितरण

 Kailash Bikash Bank
काठमाडौं - कैलाश विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरादायित्वअन्तर्गत पोखरा महानगरपालिका–७ रत्नचोक कास्कीमा रहेको रत्नचोक टोल विकास संस्थालाई यही चैत १६ गते शनिबार ३५ थान डस्टबिन बितरण गरेको छ । 

उक्त कार्यक्रमबाट स्वास्थ सफा सुन्दर पोखरा महानगरको अभियानमा थप टेवा पुग्नुको साथै पैदल यात्रीलाई समेत फोहर व्यवस्थापन गर्न मद्दत मिल्नेछ भन्ने विश्वास बैंकले लिएको छ । पोखरा महानगरपालिका–७ का वडा अध्यक्ष रामचन्द्र बरालको प्रमुख आतिथ्यतामा गरेको उक्त कार्यक्रममा बैंकका कर्मचारी र स्थानीय जनताको सहभागिता रहेको थियो । उक्त समारोहमा सो क्षेत्रको सरसफाइ पनि गरिएको थियो । यसैगरी आगामी दिनहरुमा सामाजिक सेवाका कार्यहरु गर्दै जाने प्रतिबद्धता कैलाश विकास बैंक लिका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले जानकारी दिए । 

बैंकको हालसम्म शाखा संख्या ९२ पुगेका छन् भने एटीएम संख्या ३४ पुगेका छन् । निकट भविष्यमा देशका विभिन्न ५ स्थान शाखा सञ्चालन गर्ने तयारी गरिरहेको बैकले जनाएको छ । यस बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ सेवाको साथै मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्टेड आईपीसी सेवा, सेयर लगानीकर्ताहरुका लागि सी–आस्बा सेवा, रेमिट्यान्स सेवालगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्