धरानमा कामना सेवा विकास बैंकको ८२औं शाखा विस्तार, काफ्ले र राईद्धारा उद्घाटन

 Kamana Sewa Bikash Bank
  • बैंकिङ संसार 
काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा सुनसरी जिल्लाको धरानमा शाखा बिस्तार गरेको छ ।

धरान उपमहानगरपालिका वडा नं.६ स्थित छाताचोकमा मंगलबार ८२औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो । बैंकका संचालक देवकृष्ण काफ्ले तथा बैंकका प्रदेश नं.१ प्रमुख सुजन राईले नयाँ वर्षको शुभकामना प्रदान गर्दै संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् ।

सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरिधरी सापकोटाको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रदेश प्रमुख राईले बैंकको संक्षिप्त जानकारी गराउँदैप्रदेश नं १मा यो सँगै ६वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने बताए ।

प्रतिकृया दिनुहोस्