सिभिल क्यापिटल र एनएलजी इन्स्योरेन्सबीच निर्जीवन बीमा सेवा र शेयर कारोबार गराउने सम्बन्धी सम्झौता

 Nlg Insurance
काठमाडौँ - सिभिल क्यापिटल मार्केट लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । सिभिल क्यापिटलका कर्मचारी र उक्त क्यापिटल मार्फत शेयर कारोबार गर्दै आएका सेवाग्राहीहरुलाई निर्जीवन बीमामा विशेष छुट दिने बारेमा सम्झौता भएको हो ।

त्यसैगरी एनएलजीका कर्मचारी र सेवाग्राहीहरुलाई सिभिल क्यापिटल मार्फत शेयर कारोबार गराउने सम्झौता भएको हो । सम्झौतापत्रमा सिभिल क्यापिटलका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत शुसील महर्जन र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिलबहादुर पन्तले हस्ताक्षर गरेका छन् ।

प्रतिकृया दिनुहोस्