सानिमा बैंकको २७ लाख १८ हजार कित्ता संस्थापक सेयरमा आवेदन दिने सोमबार अन्तिम मौका

 Sanima Bank
काठमाडौं - सानिमा बैंकको संस्थापक समूहको २७ लाख १८ हजार ८३५ कित्ता सेयर लिलामी भर्ने सोमबार अर्थात चैत २५ गते अन्तिम दिन रहेको छ । बैंकले चैत ७  गतेदेखि यो लिलामी सेयर खुला गरेको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँ तोकिएको छ । सोही मूल्यलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । लगानीकर्ताले न्यूनतम २ लाखदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र चैत २६ गते अपराह्न ४ बजे खोलिने बैंकले जनाएको छ ।

सेयर खरिद गर्न चाहाने लगानीकर्ताले चैत २५ गतेभित्र सानिमा क्यापिटल नारायणचौर, नक्सालमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

प्रतिकृया दिनुहोस्