मेरो माइक्रोफाइनान्सको २ लाख ९ हजार ६४९ कित्ता सेयर लिलामी खुला, कहिलेसम्म पाइन्छ भर्न ?

  • बैंकिङ संसार
काठमाडौं - मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मंगलबारदेखि २ लाख ९ हजार ६४९ कित्ता सेयर लिलामी खुला भएको छ।  यस लिलामीमा लगानीकर्ताले जेठ १४ गते अपरान्ह ३ बजे भित्र आवेदन दिइसक्नुपर्नेछ । 

लगानीकर्ताले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा लिलामी भर्नुपर्ने हुन्छ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने छ । 

सो लिलामीमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौंबाट बोलपत्र पेश गर्न सकिने छ । साथै ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, हेटौंडा, विराटनगर, नारायणढ, वीरगञ्ज, पोखरा, बाग्लुङ्ग, दाङ, नेपालगञ्ज, सुर्खेत, बुटवल, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिनेछ ।

संस्थाले गत फागुन १९ देखि चैत्र २४ गतेसम्म १०० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । कम्पनीले १ः१ अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरिएकोमा ३० लाख ७९ हजार ३५१ कित्ता मात्र बाँडफाँट भएको थियो । त्यसबेला बिक्री हुन बाँकी रहेको सेयर अहिले लिलामी गर्न लागिएको हो । 

प्रतिकृया दिनुहोस्