नेपाल इन्भेष्टमेन्ट बैंकले जेठ २४ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र खुल्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

 nepal investment bank
  • बैंकिङ संसार
काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले जेठ २४ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको छ । जसमा ७ लाख ६० हजार इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यस्तै, ४० हजार इकाई सामूहिक लागानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 

उक्त ऋणपत्रमा वार्षिक १०.५% ब्याजदर रहेको छ । बैंकले ‘१०.५% नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । प्रतियुनिट १ हजार रुपैयाँका दरले न्यूनतम २५ कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । 

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नक्साल र नेपाल इन्भेष्टमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयहरु बाट आवेदन दिन पाइनेछ । साथै, सी–आस्वाको माध्यमबाट पनि आबेदन दिन सक्नेछन्। 

सो ऋणपत्रमा छिटोमा जेठ २८ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने असार २२ गतेसम्म भर्न सकिनेछ । 

प्रतिकृया दिनुहोस्