छिमेक लघुवित्तको सधारण सभा सोमबार, लगानीकर्तालाई ४०% लाभांशसहित यस्ता छन् पेस हुने एजेन्डाहरु

 chhimek laghubitta
  • बैंकिङ संसार 
काठमाडौं - छिमेक लघुवित्त वित्तीय संस्थाले भोलि (सोमबार) वार्षिक सधारण सभा बोलाएको छ । सभा होटल सामना प्रालि, मकवानपुर हेटौंडामा बिहान १०ः३० बजे सुरु बस्ने भएको छ । साधारण सभा गर्नका लागि संस्थाले वैशाख १६ देखि ३० गतेसम्म बुक क्लोज गरेको छ । वैशाख १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

संस्थाले  ४०% लाभांश वितरण गर्ने मुख्य एजेन्डासहित साधारण सभा बोलाएको हो । छिमेकले १८% बोनस सेयर र २२% नगद गरी कुल ४०% लांभाश दिन लागेको हो । कम्पनीले कुल २२ करोड रुपैयाँ नगद लांभाशको रुपमा वितरण गर्नेछ । यस्तै, बोनस सेयरका लागि १८ करोड रुपैयाँ खर्च गर्नेछ । यसअघि राष्ट्र बैंकले छिमेकलाई लाभांश वितरण गर्न रोक लगाएको थियो । तर केन्द्रीय बैंकले निरीक्षण गरी औंल्याएका कैफियतहरु सुधार गरी पुनः विवरण पेश गरेपछि भने छिमेकले लाभांश वितरणका लागि स्वीकृति पाएको हो । 

साथै सभामा आर्थिक वर्ष २०७४/७५ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब रहेको छ । बोनस सेयर वितरणपछि छिमेकको चुक्ता पुँजी १ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिकृया दिनुहोस्