जनता बैंकका ग्राहक तथा कर्मचारीहरुलाई बिराट मेडिकल कलेज शिक्षण अस्पताल र बिराटनगर अस्पतालमा बिशेष छुट

 janata bank
  • बैंकिङ संसार 
काठमाडौं - जनता बैंक लिमिटेड र बिराट मेडिकल कलेज शिक्षण अस्पताल तथा बिराटनगर अस्पताल प्रा.लिबीच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धि सम्झौता भएको छ । विशेष गरी प्रदेश नं. १ का ग्राहकको सुविधालाई मध्येनजर गरी दुबै अस्पतालसँग सम्झौता गरिएको हो ।

सझौतापछि जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त सुविधा उपभोगका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी छुट सुविधा लिन सक्नेछन् ।

प्रतिकृया दिनुहोस्