कञ्चन डेभलपमेन्ट बैंकको ‘कञ्चन स्मार्ट बैंकिङ’ योजना सञ्चालनमा, यस्ता छन् ग्राहकले पाउने सुविधाहरु

 kanchan development bank
  • बैंकिङ संसार
काठमाडौं - कञ्चन डेभलपमेन्ट बैंकले अत्याधुनिक बैंकिङ सुविधासहित ‘कञ्चन स्मार्ट बैंकिङ’को सुरुवात गरेको छ । अनलाइन र अफलाइन भुक्तानी प्रणाली समेत रहेको यस स्मार्ट बैंकिङअन्तर्गत कञ्चन डेभलपमेन्ट बैंकका ग्राहकले अनलाइनबाट विद्युत् महशूल, रिचार्ज कार्ड, मोबाइल टपअप, डिसहोम रिचार्जकार्ड अनलाइन रिचार्ज लगायतका सुविधा प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, अनलाइन अन्तरशाखा, अन्तरबैंक रकम पठाउन सकिने, क्यास ब्याकको सुविधासहित अनलाइन हवाई टिकट, इन्टरनेटको बिल भुक्तानी लगायतका सुविधा पनि यस बैंकिङमा रहेको छ । स्वयान टु पेड भुक्तानी प्रणालीको समेत व्यवस्था गरेको कञ्चन डेभलपमेन्ट बैंकले ३० दिनसम्मको कारोबार जानकारी ग्राफसहित उपलब्ध गराउँछ । त्यस्तै, यस बैंकको खातामामार्फत ईसेवामा रकम लोड गर्न पनि सपिकन्छ ।

प्रतिकृया दिनुहोस्