नेपाल राष्ट्र बैंकले आज १५ अर्ब रुपैयाँको रिपो जारी गर्दै, ७ दिनमा परिपक्क हुने रिपो अपराह्न ३ बजे बोलकबोल हुने !

 nepal rastra bank
  • बैंकिङ संसार 
काठमाडौं - केन्द्रीय बैंकले आज १५ अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । बैंकले उक्त रिपो ७ दिनमा परिपक्क हुने गरी जारी गर्न लागेको हो । रिपो आज अपराह्न ३ बजे बोलकबोल गरी आजै जारी हुने राष्ट्र बैंकले जनाएको छ । 

वैशाख २६ गते परिपक्क हुने यस रिपोको ब्याजदर ५ प्रतिशत रहेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।

प्रतिकृया दिनुहोस्