बर्दिवासमा नेपाल बैंक लिमिटेडको शाखा स्थापना, शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोख्रेलले गरे उद्घाटन

 nepal bank
  • बैंकिङ संसार 
काठमाडौँ - नेपाल बैंक लिमिटेडले महोत्तरी जिल्लाको वर्दिवासमा शाखा स्थापना गरेको छ । उक्त शाखाको शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोख्रेलले एक समारोहका बीच उद्घाटन गरेका छन् ।

सो अवसरमा प्रमुख अतिथि मन्त्री पोख्रेलले उत्पादनशील क्षेत्रमा लगानी बढाई देशमा उत्पादन रोजगारी र आय अभिवृध्दिमा योगदान बढाउन बैकलाई आग्रह गरे । नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले बैकले उपलव्ध गराउने व्यावसायिक तथा सहुलियतपूर्ण कर्जा सदुपयोग गरी लाभान्वित हुन स्थानीय उद्यमी व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरे ।

उक्त कार्यक्रममा वर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्की र स्थानीय व्यवसायी रामकुमार गुप्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रदेश २ को बैंकको प्रादेशिक कार्यालय प्रमुख प्रतिभा डंगोलको अध्यक्षतामा सम्पन्न उक्त समुद्घाटन समारोहमा प्रदेश नम्बर २ उच्च अदालतका न्यायाधीश सीताराम मण्डल, वर्दिवास न.पा वडा नम्बर १४ का अध्यक्ष भरत हमाल लगायत उद्यमी, व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्