पोखरा फाइनान्स लिमिटेडको सम्पूर्ण शाखाहरुबाट सन नेपाल लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सेवा पाइने

 pokhara finance
  • बैंकिङ संसार 
काठमाडौँ - सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा सेवा पोखरा फाइनान्सबाट पनि पाइने भएको छ । यी दुई कम्पनीले बीमा सेवा सम्बन्धी सम्झौता गरेका हुन् । सम्झौतामा इन्स्योरेन्सको तर्फबाट मुख्य बजार विकास प्रबन्धक राजु केसी र फाइनान्सको तर्फबाट डेपुटी सिईओ राजु मोहन भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि पोखरा फाइनान्सका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् ।

साथै, उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु पोखरा फाइनान्सका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।

प्रतिकृया दिनुहोस्