प्राइम कमर्सियल बैंकले बोलायो जेठ २६ मा साधारण सभा, १६ प्रतिशत बोनससहित यस्ता छन् पेश गरिने प्रस्तावहरु

 prime commercial bank
  • बैंकिङ संसार 
काठमाडौं - प्राइम कमर्सियल बैंक लिमिटेडले मर्जर तथा एक्विजिसन सम्बन्धी बिशेष प्रस्तावसहित जेठ २६ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले साधारण सभाका लागि जेठ ९ गतेदेखि जेठ २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसैले जेठ ८ गतेसम्म कायम रहने सेयरधनी मात्र यो बोनस सेयरको हकदार हुनेछन् ।

यस्तै बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभामा पेश गर्न लागेको हो । बैंकले १६ प्रतिशत बोनस सेयर प्रस्ताव पारित गर्ने एजेन्डा पनि रहेको छ ।

साधारण सभा नेपाल एकेडमी, कमलादी काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा अधिकृत पुँजी १० अर्बबाट वृद्धि गरी २२ अर्ब पुर्याउने प्रस्ताव पनि लगिनेछ । चैत मसान्तसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ छ । १६ प्रतिशत बोनस वितरणपछि चुक्ता पुँजी ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार ८४० रुपैयाँ पुग्नेछ ।

प्रतिकृया दिनुहोस्