शाखा विस्तारमा आक्रामक बन्दै सिद्धार्थ बैंक, एकैसाथ चापागाउँ र रामकोटमा नयाँ शाखा सञ्चालनमा !

siddhartha bank
  • बैंकिङ संसार 
काठमाडौँ । सिद्धार्थ बैंकले बुधबार ललितपुरको चापागाउँ र काठमाडौँको रामकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो ।

बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाईको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्