बैंकिङ क्षेत्रको निक्षेप ११ प्रतिशतले बढ्यो

 bank
काठमाडौं - बैंकिङ क्षेत्रको निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल निक्षेप रकम ११ दशमलव सात प्रतिशतले बढेको हो । अघिल्लो वर्र्षको सोही अवधिमा यस्तो निक्षेप ११ दशमलव एक प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा चालू आवको पछिल्लो १० महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल निक्षेप १९ दशमलव आठ प्रतिशतले बढेको छ ।

बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः आठ दशमलव सात प्रतिशत, ३२ दशमलव आठ प्रतिशत र ४७ दशमलव आठ प्रतिशत रहेको छ । अघिल्लो वर्र्षको सोही महिनामा यस्तो अंश क्रमशः आठ दशमलव छ प्रतिशत, ३५ प्रतिशत र ४५ दशमलव दुुई प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यसैगरी चालू आवको पछिल्लो १० महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५ दशमलव सात प्रतिशत रहेको छ । २०७५ वैशाख मसान्तमा यस्तो निक्षेपको अंश ४४ दशमलव एक प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू अवको १० महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १७ दशमलव एक प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १८ दशमलव एक प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये चालू आवको पछिल्लो १० महिनामा वाणिज्य बैंकहरुको कर्जा १५ दशमलव पाँच प्रतिशतले, विकास बैंकहरुको ३१ प्रतिशतले र वित्त कम्पनीहरुको १६ दशमलव छ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा २०७६ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २१ दशमलव पाँच प्रतिशतले बढेको छ ।

बैंक तथा फाइनान्स कम्पनीहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६४ दशमलव दुुई प्रतिशत कर्जा घर जग्गाको धितोमा प्रवाह भएको छ । यसबाहेक १३ दशमलव आठ प्रतिशत कर्जा कृषि र गैरकृषिजन्य वस्तुुहरुको धितोमा प्रवाह भएको छ । राष्ट्र बैंकका अनुुसार गत आवको सोही अवधिमा यस्तो सम्पत्ति धितोमा प्रवाह भएको कर्जा क्रमशः ६१ दशमलव तीन र १५ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको १० महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुबाट प्रवाहित आवधिक कर्जा २६ दशमलव छ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १० दशमलव पाँच प्रतिशतले, ट्रष्ट रिसिट अर्थात् आयात कर्जा १५ दशमलव दुुई प्रतिशतले बढेका छन् । यसैगरी डिमान्ड तथा चालू पुँजी कर्जा २२ दशमलव पाँच प्रतिशतले, रियलस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) नौ दशमलव आठ प्रतिशतले, मार्जिन प्रकृति कर्जा पाँच प्रतिशतले तथा हायर पर्चेज कर्जा सात दशमलव पाँच प्रतिशतले बढेको राष्ट्र बैैंकले जनाएको छ । आर्थिक दैनिकबाट

प्रतिकृया दिनुहोस्