रौतहटको गरुडामा सिभिल बैंक लिमिटेडको नयाँ शाखा विस्तार, ८२ स्थानमा पुग्यो शाखा सञ्जाल !

 civil bnak
  • बैंकिङ संसार 
काठमाडौं - सिभिल बैंकले आफ्नो शाखा विस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नुराय यादवले गरेका हुन् ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. २ का प्रदेश प्रमुख दिपककुमार श्रेष्ठ, सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

गरुडा शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८२ पुगेको पनि बैंकले जनाएको छ । पछिल्लो समय ग्राहकलाई सेवा प्रदान गर्न उद्देश्यले बैंकले आफ्नो सेवा विस्तारको क्रम बढाएको छ ।

प्रतिकृया दिनुहोस्