गण्डकी विकास बैंकको कावासोती शाखाद्धारा दिपेन्द्र आधारभुत बिद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई सहयोग

 gandaki bikash bank
  • बैंकिङ संसार 
काठमाडौँ - गण्डकी विकास बैंकको कावासोती शाखाले नवलपुर कावासोती न.पा वडा नं. १६ डण्डा स्थित श्री दिपेन्द्र आधारभुत बिद्यालयमा अध्ययनरत विपन्न, असहाय तथा पिछडिएका बालबालिकाहरुका लागि २७ थान झोला, २७ दर्जन कपी, ९ प्याकेट पेन्सील, ३६ प्याकेट पेन तथा ८१ थान नुहाउने साबुन वितरण गरेको छ । बैंकका चितवन सव क्लष्टर प्रमखुसुरज शर्मा र कावासोती शाखा प्रमुख भिष्मचन्द्र उपाध्याय सहितको टिमले सहयोगका सामग्री हस्तान्तरण गरेका हुन् ।

विद्यालयका सहायक प्र.अ. नलराज भूर्तेलले संस्थामा हाल जम्मा २५३ जना बालबालिकाहरु अध्ययनरत रहेको र सो मध्ये ८० प्रतिशत विद्यार्थी गरीब तथा विपन्न रहेको र सो मध्ये पनि २७ जना वेसहारा रहेको जानकारी दिँदै उक्त सहयोगको लागी गण्डकी विकास बैंक परिवारलाई धन्यवाद दिए ।

प्रतिकृया दिनुहोस्