एनआईसी एशिया बैंकले झापाको केचनाकवल र स्याङ्जाको आँधीखोलामा थप्यो शाखारहित बैंकिङ सेवा

 nic asia bank
  • बैंकिङ संसार 
काठमाडौँ - एनआईसी एशिया बैंकले झापा जिल्लाको केचनाकवल गाउँपालिका वडा नं. १ को घेराबारी र स्याङ्जा जिल्ला, आँधीखोला गाउँपालिका वडा नं. १ को पञ्चमूलमा ३० औं र ३१ औंं शाखारहित बैंकिङ सेवा जेठ २० गतेबाट सञ्चालनमा ल्याएको छ ।

घेराबारीमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको उद्घाटन बैंकका दमक क्षेत्रीय कार्यालयका सम्बन्ध प्रबन्धक विशाल घिमिरेले गरेका हुन् । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा पार्वतीकुमारी राजवंशीलाई नियुक्त गरिएको छ ।

यसैगरी, आँधीखोला गाउँपालिकाको पञ्चमूलमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको उद्घाटन पञ्चमूल गाउँपालिका–१ का वडा अध्यक्ष लोकप्रसाद ढकालले गरेका हुन् । पञ्चमूलको शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा गंगाधर ढकाललाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्