सिटिजन्स बैंक र निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता, बैंकका कर्मचारीले उपचार गराउँदा विशेष छुट पाउने

 citizens bank
  • बैंकिङ संसार 
काठमाण्डौ - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., हसनपुर, धनगढी, कैलालीबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

यस सम्झौतापश्चात बैंकका डेबिट÷क्रेडिट कार्डबाहक तथा कर्मचारीहरुले निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.मा उपचार गराउँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिब चारलाखलाई बैंकिङ सेवा दिंदै आएको छ । 

प्रतिकृया दिनुहोस्