आइएमई लाइफ इन्स्योरेन्स र गरिमा विकास बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट बीमा सेवा पाइने

 garima bikash bank
  • बैंकिङ संसार 
काठमाडौं - आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेडबीच बीमा सेवा सम्झौता भएको छ ।

सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र गरिमा विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

सम्झौता भएसँगै सर्वसाधारण तथा बैंकका ग्राहकहरुले गरिमा विकास बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी लिन सक्नेछन् ।

प्रतिकृया दिनुहोस्