इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आइपीओ बुधबार बिहान १० बजे बाँडफाँट हुने !

 infinity laghubitta
  • बैंकिङ संसार 
काठमाडौं - इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) बाँडफाँट बुधबार बिहान १० बजे हुने भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलको केन्द्रीय कार्यालयमा आइपीओ बाँडफाँट हुनेछ ।

उक्त आइपीओमा कुल ६८ लाख ४ हजार कित्ताका लागि आवेदन परेको छ भने बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार अन्तिम दिनसम्ममा कुल ३ लाख ३२ हजार ९७५ जनाले ६८ करोड ४ लाख रुपैयाँ बराबरको आवेदन दिएका हुन् । 

जसमा इन्फिनिटीको आइपीओमा माग भन्दा १०.८० गुणा बढी कित्ताका लागि आवेदन परेको देखिन्छ । संस्थाले जेठ १३ गते देखि १६ गते सम्म कुल ६ लाख ७४ हजार कित्ता सेयर खुला गरेको थियो । यसमध्ये ३३ हजार ७०० कित्ता म्युचुअल फन्डहरुलाई दिइएको छ । यसैगरी, १० हजार ३७० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका हुन् । 

संस्थाले जारी पुँजी २० करोड ७४ लाख रुपैयाँको ३२.५ प्रतिशत रकम बराबरको सेयर बिक्री गरेको हो । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २० करोढ ७४ लाख पुग्नेछ ।

यो आइपीओले औसत भन्दा तल जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ पाएको छ ।

प्रतिकृया दिनुहोस्