झापामा एकैसाथ कामना सेवा विकास बैंकका दुई शाखाबाट कारोबार शुरु, कति पुग्यो शाखा संख्या ?

 kamana sewa bikash bank
  • बैंकिङ संसार 
काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं. १ को झापा जिल्लाको कमल गाउँपालिका ५, पाडाजुङ्गी र बुद्धशान्ति गाउँपालिका १, बुधवारेमा विहीबार ८८औं र ८९औं शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ ।

बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुरु गरिएको हो । सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरी प्रदेश नं.१ मा ९ शाखा पुगेको र थप शाखाहरुपनि शीघ्र सञ्चालनमा आउने बताए ।

प्रतिकृया दिनुहोस्