एनआईसी एशिया बैंकद्धारा बाजुरा जिल्लाको चोयाकोट माद्यामिक विद्यालयमा मोटिभेसनल कक्षा सञ्चालन

nic asia bank
  • बैंकिङ संसार
काठमाडौँ - बाजुराको बडीमालिका नगरपालिका वडा नं. ३ मा रहेको चोयाकोट माद्यामिक विद्यालयमा सकरात्मक सोच सम्बन्धि (मोटीभेशन) कक्षा संचालन गरिएको छ । एनआईसी बैंक बाजुराको सहजकिरण तथा चोयाकोट माद्यामिक बिद्यालयको आयोजनामा कक्षा संचालन गरिएको हो ।

कक्षा नौ र दशका बिद्यार्थीलाई पढ्ने बानीको बिकास र बिद्यार्थीको दैनिक ब्यबाहारमा परिर्वतन गराउनने उद्देश्यले सो कक्षाको संचालन गरिएको राष्ट्रिय सहकारी बोर्डका केन्द्रीय सदस्य अमर खड्काले बताए । राम्रो नतिजा प्राप्त गर्न आफूले सक्ने जति सहयोग आफ्नो ठाउँबाट गरी सभ्य, सचेत, प्रतिस्पर्धी, योग्य नागरिक बनाइ व्यक्ति, परिवार, समाज र राष्ट्रका लागि योगदान दिनु कार्यक्रमको उद्देश्य रहेको उनले प्रष्ट पारे ।

बिद्यार्थीहरुलाई सकरात्मक सोच, समाजिक जागरण शैक्षिक सुधार समाज परिर्वतन गर्न यो कार्यक्रम गरिएको प्रशिक्षक एनआईसी बैक बाजुराका म्यानेजर नर परियारले बताए ।

ज्ञानी, असल, अनुशासित विद्यार्थीबाट नै परिवार, विद्यालय, समाज र राष्ट्रले आशा गरेको सपना पूरा हुने हुँदा बिद्यार्थी केन्द्रीत कार्यक्रम गरेको विद्यालयको प्रधानाध्यापक दिमा सुब्बाको भनाई छ ।

प्रतिकृया दिनुहोस्