एनआईसी एशिया बैंक र सी.पी. हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले उपचार गराउँदा २० प्रतिशतसम्म छुट पाउने !

nic asia bank
  • बैंकिङ संसार 
काठमाडौं - एनआईसी एशिया बैंकका ग्राहकहरुले धनगढीको सी.पी. हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशत सम्मको छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटकबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रादेशिक कार्यालयका प्रमुख टेकराज भट्ट र हस्पिटलका तर्फबाट प्रशासन निर्देशक विकास मौनीले हस्ताक्षर गरेका छन् ।

हालसम्म बैंकले मुलुकभर २ सय ८४ शाखा कार्यालयहरु, २ सय ९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकले करिब १६ लाख ग्राहकहरुलाई सेवा दिइरहेको छ ।

प्रतिकृया दिनुहोस्