नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा नरेश शाक्यको बढुवा

 nepal rastra bank
  • बैंकिङ संसार 
काठमाडौं - नरेश शाक्य नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएका छन् । शाक्य यसअघि सोही विभागका कायम मुकायम कायकारी निर्देशक थिए ।

२०५४ मंसिर २२ गते नेपाल राष्ट्र बैंकको सेवामा प्रवेश गरेका शाक्य बैंकिङ कार्यालय भन्दा अघि जनकपुर कार्यालयमा थिए । त्यसअघि विकास बैंक सुपरीवेक्षण विभाग, जनशक्ति व्यवस्थापन विभाग, वित्त व्यवस्थापन विभाग, राष्ट्र बैंक पोखरा कार्यालय, राष्ट्रऋण विभाग र बैंकर्स प्रशिक्षण केन्द्रमा समेत काम गरेको अनुभव छ ।

उनले व्यवस्थानपन र जनप्रशासनमा स्नातकोत्तरका साथै कानूनमा स्नातक समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्