इमाडोलमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको १२औँ शाखा विस्तार

 shree investment and finance
  • बैंकिङ संसार 
काठमाडौँ - श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्वर ४ इमाडोलमा १२औं शाखा सञ्चालनमा ल्याएको छ ।

देशभरीका विभिन्न १२ स्थानबाट बैकिङ्ग सुविधा प्रदान गरिरहेको कम्पनीले काठमाडौंमा १ स्थानबाट बैकिङ्ग सुविधा दिने तयारी भइरहेको जनाएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ८१ करोड, निक्षेप ४ अर्व ३५ करोड तथा कर्जा लगानी करिव ४ अर्ब रहेको कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्