सिभिल बैंकको नयाँ शाखा बर्दियाको सितला बजारमा, ८६ स्थानमा पुग्यो शाखा सञ्जाल !

 civil bank
  • बैंकिङ संसार 
काठमाडौं - सिभिल बैंकले बर्दियाको सितला बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले गरे ।

कार्यक्रममा सिभिल बैंकको प्रदेश नं. ५ का प्रमुख किरण धमलासहित सो क्षेत्रका उद्योगी, व्यवसायी तथा सर्वसाधरणको उपस्थिति रहेको बैंकले जनाएको छ । हालसम्म बैंकले ८६ वटा शाखा कार्यलय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिँदै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्