मुक्तिनाथ विकास बैंक र चिरायु नेशनल अस्पतालबीच सम्झौता, बैंकका ग्राहकले उपचार गराउँदा १५%सम्म छुट पाउने

 muktinath bikash bank
  • बैंकिङ संसार 
काठमाडौं - मुक्तिनाथ विकास बैंक र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्ष्टिच्युट, बसुन्धाराबीच सम्झौता भएको छ । यी दुई संस्थाबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो ।
सम्झौता
पत्रमा बैंकका तर्फबाट बजारीकरण विभाग प्रमुख बसन्त बक्सी र अस्पतालको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्यले हस्ताक्षर गरे । सम्झौतापछि मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले चिरायु अस्पताल बसुन्धारामा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्म छुट पाउने व्यवस्था गरिएको छ ।

हालसम्म बैंकले देशैभरी १ सय १९ वटा शाखा, २५ वटा एटिएम र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, मोबाइल बैंकिंग सुविधाका साथै भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

प्रतिकृया दिनुहोस्