मल्टिपर्पोज फाइनान्सको ८६५% हकप्रद सेयर बिक्री खुल्ला, बिक्री प्रबन्धकमा सिभिल क्यापिटल !

 multipurpose finance
  • बैंकिङ संसार 
काठमाडौं - मल्टिपर्पोज फाइनान्सको सोमबारदेखि ८६५% (१ कित्ता बराबर ८.६५ कित्ता) हकप्रद सेयर बिक्रि खुला भएको छ । कम्पनीले ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । 

यस हकप्रद सेयरमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त हकप्रद बिक्री प्रबन्धकमा सिभिल क्यापिटललाई तोकिएको छ। मल्टिपर्पोजले प्रतिकित्ता १०० रुपैयाको दरले कुल ३५ करोड ८५ लाख २६ हजार ४०० रुपैयाँ बराबरको हकप्रद निष्कासन गरेको हो । 

हाल फाइनान्सको चुक्ता पुँजी ४ करोड १४ लाख ७३ हजार ६०० रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।

यो हकप्रदलाई इक्रा नेपालले कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ प्रदान गरेको छ । यस्तै, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन बुझाउन सकिनेछ । 

प्रतिकृया दिनुहोस्