एनआइसी एसिया बैंकको ४४ लाख इकाई ऋणपत्र बिक्री खुल्यो, अवधि ७ वर्ष, १०.२५ प्रतिशत ब्याज पाईने

nic asia bank
  • बैंकिङ संसार 
काठमाडौं - एनआइसी एसिया बैंकको सोमबारदेखि ४४ लाख इकाई ऋणपत्र बिक्री खुल्ला भएको छ । कुल ४४ लाख इकाई ऋणपत्रमध्ये १७ लाख ६० हजार इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् भने बाँकी २६ लाख ४० हजार इकाई बैंकले आफ्नै पहलमा अरु संघसंस्थालाई बिक्री गर्नेछ । 

वार्षिक १०.२५ प्रतिशतको दरले ब्याज पाइने उक्त ऋणपत्रमा लगानीकर्ताले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् । यो अवधिमा ऋणपत्र पुरै बिक्री नभएको खण्डमा भदौ ३ गतेसम्म लगानीकर्ताले आवेदन दिन पाउनेछन् । प्रतिइकाई १ हजार रुपैयाँको सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २२ लाख कित्तासम्मका लागि आवेदन दिन पाईनेछ । 

एनआइसी एसियाले ७ वर्ष अवधिको ‘एनआइसी एसिया डिबेन्चर २०८३.८४’ नाममा ऋणपत्र बिक्री गरको हो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यो ऋणपत्रलाई पर्याप्त सुरक्षा जनाउने ‘केयर एनपी ए’ रेटिङ दिएको छ । 

यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट पनि आवेदन दिन सकिनेछ ।

प्रतिकृया दिनुहोस्