एनआइसी एसिया बैंकले साउन ६ देखि ४४ लाख इकाई ऋणपत्र बिक्री गर्ने : अवधि ७ वर्ष, कति पाइन्छ ब्याज ?

 nic asia bank
  • बैंकिङ संसार 
काठमाडौं - एनआइसी एसिया बैंक लिमिटेडले साउन ६ गतेदेखि ४४ लाख इकाई ऋणपत्र बिक्री गर्ने भएको छ । कुल ४४ लाख इकाईमध्ये १७ लाख ६० हजार इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् भने बाँकी रहेको २६ लाख ४० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ । 

एनआइसी एसियाले ७ वर्ष अवधिको ‘एनआइसी एसिया डिबेन्चर २०८३.८४’ नाममा ऋणपत्र बिक्री गर्न लागेको हो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यो ऋणपत्रलाई पर्याप्त सुरक्षा जनाउने ‘केयर एनपी ए’ रेटिङ दिएको छ । सो ऋणपत्रमा वार्षिक १०.२५% ब्याज पाइनेछ ।

उक्त ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई तोकिएको छ । लगानीकर्ताले यस ऋणपत्रमा साउन ९ गतेसम्म यसमा आवेदन दिन सक्नेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा भदौ ३ गतेसम्म आवेदन दिन पाइनेछ । एनआइसी एसियाको ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम २२ लाख कित्तासम्म भर्न पाइनेछ ।

प्रतिकृया दिनुहोस्