ओम डेभलपमेन्टसँग मर्ज हुने प्रमुख एजेण्डासहित एनएमबि बैंकले बोलायो साउन २८ मा विशेष साधारण सभा

 nmb bank
  • बैंकिङ संसार 
काठमाडौं - ओम डेभलपमेन्ट बैंकलाई गाभ्न–गाभिने प्रमुख एजेन्डासहित एनएमबि बैंकले बोलायो साउन २८ मा विशेष साधारण सभा बोलाएको छ । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको हल (स्टाफ कलेज) जावलाखेलमा बिहान १० बजे सुरु हुनेछ । यी दुबै संस्थालाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले असार ८ गते सैद्धान्तिक सहमति दिएको थियो । सोही अनुसार दुवै बैंकले सभा डाकेका हुन् । 

यता १००ः७६ सेयर स्वाप अनुपातमा सहमति भइसकेको ओम डेभलपमेन्ट बैंकका एक उच्च अधिकारीको दाबी छ । ओमले साउन २७ मा विशेष साधारण सभा बोलाईसकेको छ । एनएमबि र ओमले जेठ २ गतेनै मर्जर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । मर्जर सम्झौता पश्चात एनएमबिको सेयर कारोबार जेठ ३ गतेदेखि रोक्का छ । जेठ २ गतेसम्म कारोबार भई साउन २० गतेसम्म सेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । मर्जरपछि एनएमबि बैंक नै नाम राखिने भएको छ । 

साधारण सभामा एनएमबि र ओम मर्जपछि अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने जिम्मा सञ्चालक समितिलाई दिने एजेन्डाका साथै लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने विषय पनि छ ।

प्रतिकृया दिनुहोस्