लक्ष्मी बैंकको नाफा ३३.४३% ले बढ्यो : सेयरधनीलाई १२% सम्म लाभांश दिनसक्ने क्षमता,अन्य सूचकहरूको अवस्था यस्तो !

 laxmi bank
  • बैंकिङ संसार 
काठमाडौं - लक्ष्मी बैंकले गत आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको  छ । यो अवधिसम्म आइपुग्दा बैंकले १ अर्ब ५७ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको सोहि अवधिको तुलनमा ३३.४३% ले वृद्धि गरेको हो । गत वर्ष बैंकले १ अर्ब १८ करोड १० लाख ९१ हजार रुपैयाँ आर्जन गरेको थियो । 

बैंकले हालसम्म  ७९ अर्ब ७४ करोड रुपैंया निक्षेप संकलन गरेर ७५ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानीबाट ३ अर्ब ४ करोड खुद ब्याज आम्दानी गर्न सफल भएको छ। यस्तै बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ६७ पैसा रहेको छ ।

लक्ष्मी बैंकले  सेयरधनीहरुलाई १२ प्रतिशतसम्म लाभांश दिनसक्ने क्षमता राखेको छ । बैंकको वितरण योग्य नाफा १ अर्ब १५ करोड ६१ लाख ९० हजार रुपैयाँ रहेको छ । साथै जगेडा कोषमा २ अर्ब १६ करोड स्थिर रहेको छ भने शेयरधनी कोष ७६ करोडबाट एक अर्ब ५५ करोडमा बढेको छ ।

प्रतिकृया दिनुहोस्