लुम्बिनी विकास बैंकद्वारा स्याङ्जाको काजिमान हरीटीका माध्यमिक विद्यालयलाई खानेपानी टयाङ्की हस्तान्तरण !

lumbini bikash bank
  • बैंकिङ संसार 
काठमाडौँ । लुम्बिनी विकास बैंक लि.ले स्याङ्जा पुतलीबजार नगरपालिका-०३, कुमालगाउँ स्थित काजिमान हरीटीका माध्यमिक विद्यालयलाई खानेपानी ट्याङ्की हस्तान्तरण गरेको छ । विद्यार्थी तथा शिक्षक लगायतलाई स्वच्छ खानेपानी सहजताको लागी मंगलबार विकास बैंकका संचालक समितिका अध्यक्ष शुशीलराज पराजुलीबाट उक्त विद्यालयका प्राचार्य ओमप्रकाश शर्मालाई एक १५०० लि. क्षमता भएको खानेपानी टयाङ्की हस्तान्तरण भयो ।

बैंकले देशभर ६५ शाखा र १३ वटा एटीएमका साथै मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग मार्फत सेवा दिइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्