महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच सम्झौता, कर्मचारीहरुको क्षमता अभिवृद्धि हुने अपेक्षा !

 mahalaxmi bikash bank
  • बैंकिङ संसार 
काठमाडौं । महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतापत्रमा महालक्ष्मी विकास बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेको छन् ।

यस सम्झौतामा उल्लेख भए बमोजिम महालक्ष्मी विकास बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले प्रदान गर्दै आईरहेको बिशिष्टिकृत बैंकिङ्ग कोर्स लगायत अन्य विविध तालिम प्रदान गर्ने सहमति भएको छ ।

तालिमपश्चात कर्मचारीहरुको क्षमता अभिवृद्धि र सकरात्मक सोचको विकास हुने अपेक्षा सहित समझदारी पत्रमा हस्ताक्षर गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्