महालक्ष्मी विकास बैंकको नयाँ शाखा ठमेलमा विस्तार, ९८ स्थानमा पुग्यो शाखा सञ्जाल !

mahalaxmi bikash bank
  • बैंकिङ संसार 
काठमाडौं । महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले काठमाडौं जिल्लाको, काठमाडाैं महानगरपालिका वडा नम्बर २९, ठमेलमा नयाँ शाखा कार्यालय बिस्तार गरि बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या ९८ पुगेको छ । महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा बिस्तार गरि ९८ वटा शाखाबाट करिब ५ लाखभन्दा बढी ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउंदै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्