नेपाल बङ्गलादेश बैँक र तातोपानी सुख्खा वन्दरगाहाबीच सरकारी कारोबार सञ्चालन सम्बन्धी सम्झौता

nepal bangladesh bank
  • बैंकिङ संसार
काठमाडौं - नेपाल बङ्गलादेश बैँक र तातोपानी सुख्खा वन्दरगाहा भन्सार कार्यालय, सिन्धुपाल्चोक बिच सरकारी कारोबार सञ्चालन सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना तथा भन्सार कार्यालयको तर्फबाट महानिर्देशक रामेश्वर डङ्गालले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतामा बैकको बाह्रबिसे शाखा अन्तर्गत एक्सटेन्सन काउन्टर खोली सरकारी कारोबार अन्तर्गत सो कार्यालयको राजस्व संकलन गरी जम्मा गर्न सरकारी कारोबार संचालन गर्ने अनुमती प्रदान गर्ने निर्णय भएको बैकले जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस्