नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा बालुवाटारमा, उपत्यकाभित्र २५ वटा शाखा पुग्यो !

 nepal investment bank
  • बैंकिङ संसार 
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले बालुवाटारमा नयाँ शाखा विस्तार गरेको छ । बैंकको यो नयाँ शाखा ८२ औं शाखा हो ।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले शाखा उद्घाटन गरेका हुन् । बैंक सञ्चालक समितिका सदस्यहरूका साथै बैंकका वरिष्ठ अधिकारीहरू र स्थानीय सहयोगीहरूका बीच शाखाको उद्घाटन गरेका हुन् ।

काठमाडौं उपत्यकाभित्र २५औं शाखाका रूपमा रहेको यो शाखा प्रधानमन्त्रीको औपचारिक निवास, नेपाल राष्ट्र बैंक र अन्य संस्थागत भवनहरू भएको स्थानमा अवस्थित रहेको छ ।

प्रतिकृया दिनुहोस्