बैंक अफ कोरिया र राष्ट्र बैंकबीच समझदारी, यस्ता छन् सम्झौताक बुँदाहरु !

rastra bank
  • बैंकिङ संसार 
काठमाडौं । नेपालको वित्तीय समावेशीकरण, वित्तीय साक्षरता र त्यसको नीति तथा कार्यक्रमको विषयमा कोरियाको संयुक्त अनुसन्धान टोलीले अध्ययन अनुसन्धान गर्ने भएको छ । यस सम्बन्धि मंगलबार बैंक अफ कोरिया (नलेज पार्टनरसिप प्रोग्राम)सँग राष्ट्र बैंकले समझदारीपत्रमा हस्ताक्षर गरेको छ । 

समझदारीपत्रमा राष्ट्र बैंकका निर्देशक गोबिन्द नागिला र बैंक अफ कोरिया अन्तर्राष्ट्रिय मामिला विभागका नायव महानिर्देशक जि यङ जुङले हस्ताक्षर गरेका छन् ।

अनुसन्धानपछि टोलीले राष्ट्र बैंकलाई अन्तरिम र विस्तृत गरी दुई चरणमा नीतिगत सुझावसहित प्रतिवेदन दिने छ । बैंक अफ कोरियाले यो कार्यक्रम कार्यान्वयनमा ल्याएको यो तेस्रो पटक हो । यसअघि दुई पटक समष्टिगत अर्थ व्यवस्थाको प्रक्षेपण र भुक्तानी प्रणालीको नीतिगत व्यवस्थाका सम्बन्धमा अध्ययन अनुसन्धान गरी राष्ट्र बैंकलाई सुझाव प्रदान गरेको थियो ।

प्रतिकृया दिनुहोस्