सनराइज बैंकको नयाँ २ शाखा र १ एक्टेन्सन काउण्टर विस्तार, कति पुग्यो शाखा संख्या ?

 sunrise bank
  • बैंकिङ संसार
काठमाडौँ । सनराइज बैंकले नयाँ २ शाखा र १ एक्टेन्सन काउण्टर बिस्तार गरेको छ । तम्घासमा ११८औँ, कुश्मामा ११९औं शाखा तथा सानागाउँमा छैठौं एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको हो ।

आइतबार आयोजित औपचारिक कार्यक्रममा पर्वत स्थित कुश्मामा कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे । सोही कार्याक्रममा पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले संयुक्त रुपमा एटीएमको उद्घाटन गरे ।

यता, गुल्मी स्थित तम्घासमा रेशुङ्घा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुषाल र धुर्कोट गाउँपालिकाका अध्यथ भुपाल पोखरेलले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे । यसैगरी आइताबार नै ललितपुर महानगरपालिका स्थित सानागाउँमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्