सिप्रदी अर्थमुभर्स र ज्योति विकास बैंकबीच सम्झौता, टाटा हिटाचि गाडी खरिद गर्दा ७० प्रतिशतसम्म कर्जा पाइने !

jyoti bikash bank
  • बैंकिङ संसार
काठमाडौं – टाटा हिटाचिको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी अर्थमुभर्स र ज्योति विकास बैंक बीच कर्जा सम्झौता भएको छ । अब टाटा हिटाचि खरिद गर्न चाहने खरिदकर्ताले ज्योति विकास बैंकको देशैभरिको जुनसुकै शाखा मार्फत ७० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सक्नेछन् । 

उक्त सम्झौतापत्रमा सिप्रदी अर्थमुभर्सका तर्फबाट कम्पनीका उप महाप्रबन्धक राजेन्द्र कार्की र ज्योति विकास बैङ्कका तर्फबाट नायव महाप्रबन्धक शुशिलकुमार शर्माले हस्ताक्षर गरे । सम्झौतापश्चात् ग्राहकलाई कर्जा लिन सहज हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्