सिटिजन्स बैंकद्वारा नशा रहित समाजलाई १ लाख आर्थिक सहयोग !

citizen bank
  • बैंकिङ संसार 
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लागुऔषधको दुव्र्यसनमा परेका व्यक्तिहरुलाई कुलतबाट छुटकारा गराउने कार्यमा काम गर्दै आएको नशा रहित समाज नेपाललाई १०१,०००।- आर्थिक सहयोग प्रदान गरेको छ ।

नशा रहित समाज नेपालको कार्यालय बडिखेलमा आयोजित एक कार्यक्रमका बीच बैंकले रू उक्त रकमको चेक संस्थाका संचालक सोनाम शेर्पालाई हस्तान्तरण गरेको हो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा एटिएम र १०१ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिव चार लाखलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्